सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमीले आफ्नो मनमा लागेको...

२०७८ फाल्गुन २०, ०८:५५ खबर संवाददाता

गोविन्दराज ओझा, तिमीले आफ्नो मनमा लागेको कुरा मलाई भनिदेउ   
मैले गरेको मायालाई तिमीले आज सम्झिदेउ

सम्झनाले होला निदाएको बेला सपनामा आउँछौ 
सुमधुर भाकामा मायाको गीत तिमीले गाउछौ
यो मेरो मन सधैँ तिमिलाई हेर्न जाउँ भन्छ
मनभरि माया भएर होला सम्झनामा आउँछौ

यी वन पाखामा हिँड्दा तिम्रो याद आई आँसु बगिरहन्छ
तिमीले दिएको माया मेरो दिलमा सधै रहिरहन्छ
म जति टाढा भए पनि यो मन तिमीलाई खोजिरहन्छ
जन्मजन्म सयौँ जन्म सधैँ तिम्रो साथ खोजिरहन्छ                                              

म तिमीलाई भेट्न फेरि तिम्रो घरमा आउँला
तिम्रा मिठा गफहरु सुनेर समय बिताउँला                                

तिमीले आफ्नो मनमा लागेको कुरा मलाई भनिदेउ                             
मैले गरेको मायालाई तिमिले आज सम्झिदेउ                            
 

कमेन्ट लोड गर्नुस