पूजा शर्माले प्रेमी सार्वजनिक गर्दै के भनिन् ?
२०७८ फाल्गुन २३, १०:३३
काठमाडौंः अभिनेत्री पूजा शर्माले पहिलोपटक आफ्नो प्रेमी सार्वजनिक गरेकी छिन्। फेसबुकमार्फत उनले व्यवसायी युद्ध बानियासँग आफू प्रेमसम्बन्धमा रहेको जानकारी गराएकी छिन्। उनले युद्धसँगको एक फोटो राख्दै लेखेकी छिन्, ‘यु आर द वान।’
यसअघि पूजाको नाम आकाश श्रेष्ठसँग पनि जोडिएको थियो। तर पूजाले भने आफूहरु सँगै काम गर्ने र मिल्ने साथी मात्रै रहेको बताएकी थिइन्।
कमेन्ट लोड गर्नुस