अमिताभ बच्चनले ढाका टोपी लगाएको फोटो राख्दै लेखे, ‘केटी को, केटी को’
काठमाडौं: बलिउड महानायक अमिताभ बच्चनले ढाका टोपी लगाएको फोटो सार्वजनिक गरेका छन्। उनले इन्स्टाग्राममार्फत सार्वजनिक गरेको उक्त तस्बिर भाइरल बनेको छ।
केही समयअघि बलिउड फिल्म ‘उचाई’ को नेपालमा छायाङ्कन भएको थियो। उक्त फिल्ममा अमिताभ बच्चनको पनि भूमिका छ। सुटिङका लागि अमिताभ नेपाल आउने भनिएको थियो। तर स्वास्थ्य अवस्थाका कारण उनी आउन सकेनन्। पछि उनको ठाउँमा डुप्लिकेट राखेर सुटिङ गरिएको थियो। अमिताभले उचाई को छायाङ्कन स्थलमा नेपाली ढाकाटोपी लगाएको हुनसक्ने बताइन्छ। उक्त फोटोमा उनी नाचेको जस्तो देखिन्छन्।