सुदूर नेपाललाई विश्वसँग जोड्दै

वेस्टर्न कृष्टल एकेडेमीको आयोजनामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

२०७८ फाल्गुन २४, ०५:२७ खबर संवाददाता

धनगढी: धनगढीको वेस्टर्न कृष्टल एकेडेमीले वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ। ११२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा विद्यालयले अन्तर विद्यालय छात्रा वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको हो। ‘लैङ्गिक मैत्री वातावरणका लागि घर, विद्यालय,विद्यार्थी र सरकारको भूमिका’ भन्ने विषयमा प्रतियोगिताको आयोजना गरेको हो। 

कैलालीका १२ विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगितामा धनगढीको हिमाल एकेडेमीकी छात्रा निलम पाण्डे प्रथम भएकी छन्। यस्तै वेस्टर्न कृष्टल एकेडेमीकी छात्रा सिर्या भट्ट द्वितीय, मयूर बोर्डिङ स्कुलकी छात्रा रञ्जना बोहरा तितृय भएकी छन् भने, सान्त्वना गिली एकेडेमीकी चाँदनी जोशी सफल भएकी छन्।
 

कमेन्ट लोड गर्नुस