सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर चिनारीको ११औँ वार्षिकोत्सवमा पदमराज जोशी ‘प्रभात’ विशेषाङ्क लोकार्पण

२०७८ फाल्गुन ३०, ०४:०१ खबर संवाददाता

धनगढी: डोटेली भाषाको पत्रिका सुदूर चिनारीले आफ्नो ११औँ वार्षिकोत्सव मनाएको छ। धनगढी आइतबार वार्षिकोत्सवको अवसरमा विशेषाङ्क लोकार्पण गरिएको छ। १२औँ वर्षमा प्रवेश गरेको खुसीयालीमा पदमराज जोशी ‘प्रभात’ विशेषाङ्क लोकार्पण गरिएको हो। 

पत्रिकाका प्रकाशक/सम्पादक एनके जोशीले पत्रिकाले काली कर्णाली क्षेत्रको भाषा, कला, संस्कृति, प्रकृति र त्यस्ता क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तिको समेत चिनारी दिलाउँदै आइरहेको बताए।  पत्रिकाका सम्पादक यज्ञराज यात्रीको अध्यक्षतामा आयोजित कार्यक्रममा कार्यकारी सम्पादक निर्मल कुमार भण्डारीले गतिविधि र विशेषाङ्क प्रकाशनका सम्बन्धमा प्रकाश पारेका थिए। 


 

कमेन्ट लोड गर्नुस