भुपेन्द्र थापामगर बने नेपाल आइडल सिजन- ४ को विजेता
काठमाडौं: गायन रियालिटी शो नेपाल आइडल सिजन ४ को उपाधि भैरहवाका भूपेन्द्र थापा मगरले जितेका छन्। शनिबार राति सम्पन्न ग्रान्ड फिनालेमा दर्शकको भोटको आधारमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेका हुन्।
आइडल बनेका भूपेन्द्रले उपाधिसँगै ३० लाख नगद प्राप्त गरेका छन्। अध्यक्ष क्याप्टेन रामे˘वर थापाले उनलाई ३० लाखको चेक प्रदान गरे। स्कुटर, २५ लाख बराबरको जीवन बिमा र थुप्रै कोसेली उपाधिका साथ उनलाई प्राप्त भयो।
यस्तै सेकेन्ड रनरअप रामेछापका रञ्चित नेपाली भएका छन्। उनले ३ लाख नगद प्राप्त गरे। यस्तै झापाका विश्वास उप्रेती र मोरङकी लक्ष्मी पौडेल क्रमशः चौथो र पाँचौं भए।