सुदूर नेपाललाई विश्वसँग जोड्दै

शासक र शासन कहिले बदलिने ? (कविता)

२०७८ चैत्र ९, ०१:०९ खबर संवाददाता

दशरथ धामी, हाम्रो देशका शासक बदलिए।
हाम्रो देशका सिंहदरबार बदलिए।

तर, शासन गर्ने कला कहिल्यै बदलिएन।
हाम्रो देशका कानून, संविधान र नीति मात्र बदलिए।

तर, सिंहहरु कहिल्यै बदलिएनन्।
त्यसैले अचेल पनि उराठ लाग्दछ मलाइ।

ती शासकहरूको चाला देखेर।
कसले बदल्ने अब, कसले शासन गर्ने यो देशमा।

अब फेरि आउँदैउदै छ पालो।
तपाइको दरबारको सिंह छान्ने पालो।

म, हामी सबै मिलेर अघि बढ्नुपर्छ।
स्वाभीमान कुशल नेतृत्व चयन गर्ने पालो हाम्रो।

फेरि म चिन्तामा छु। 
किन हो किन।

फेरि उही कथा उही रोल हुने होकि भनेर।
तर, हामी बदलियौ। 

शासक बदलिएनन्।
किन हो अझै पनि नबदलिने। 
शासक र शासन कहिले बदलिने ?
 

कमेन्ट लोड गर्नुस