सुदूर नेपाललाई विश्वसँग जोड्दै

पल शाहलाई थुनामा पठाउन अदालतको आदेश

२०७८ चैत्र १०, ०६:५८ खबर संवाददाता

काठमाडौं: बलात्कार आरोपमा पक्राउ परेका नायक पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ। बिहीबार तनहुँ जिल्ला अदालतका न्यायाधीश हरिषचन्द्र ढुंगानाको एकल इजलासले थुनछेक बहसपछि शाहलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

घटनामा मतियार बनेको भनिएका पलमा म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी मागिएको छ। पल शाह र कृष्ण जोशीको पक्षबाट ११ जना र जाहेरवालाको तर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए। एक नाबालिग गायिकाले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले शाहविरुद्ध १४ वर्ष कैद सजाय माग गर्दै अदालतमा अभियोग पत्र दर्ता गरेको थियो।

कमेन्ट लोड गर्नुस