‘आरआरआर’ले विश्वभर नै गर्यो उत्कृष्ट व्यापार
काठमाडौंः दक्षिण भारतीय चलचित्र ‘आरआरआर’ले बक्स अफिसमा विश्वभर निकै राम्रो व्यापार गरिरहेको छ। शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिनमै दुई सय करोड भारुभन्दा बढी व्यापार गरेको थियो।
जुन कुनै पनि भारतीय फिल्मका लागि सबैभन्दा ठूलो ‘ओपनिङ डे’ कलेक्सनसमेत हो।
निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार भारतबाट १५६ करोड र विदेशबाट ६७ करोड कमाई गरेको हो। यसैगरी निर्माताले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशमा ७५ करोड, निजाममा २७ करोड ५० लाख, कर्नाटकमा १४ करोड ५० लाख, तमिलनाडु १० करोड, केरलामा चार करोड, नर्थ इन्डियामा २५ करोडको व्यापार गरेको छ।
यस्तै फिल्मले संयुक्त राज्य अमेरिकामा ४२ करोड र अन्य देशमा २५ करोडको व्यापार गरेको हो। ’बाहुबली २’ ले पहिलो दिन २१७ करोड कमाएको थियो। ’आरआरआर’ ले ’बाहुबली २’ को कीर्तिमान पनि तोडेको छ।