धनगढीमा ‘बोई’ विमोचन
धनगढी: नेपाली सेनामा कार्यरत दाङका वसन्त ओली ‘बसन्ती’ को गजल सङग्रह ‘बोई’ सुदूरपश्चिममा विमोचन गरिएको छ। बिहीवार कैलाली बहुमुखी क्याम्पस प्रमुख प्रा.डा. धर्मराज उपाध्याय, प्राध्यापक संघका सभापति डा. लोकबहादुर बिष्ट र सोही क्याम्पसका अङ्ग्रेजी विषयका सहप्राध्यापक मोहन सिंह साउदले संयुक्त रूपमा उक्त संग्रहको विमोचन गरेका छन्।
गजलकारको हजुरआमाप्रति समर्पित उक्त गजल सङग्रहको समीक्षा गजलकार तारा पैलभीले गरेका थिए। कैलाली बहुमुखी क्याम्पसले प्रायोजन गरेको उक्त विमोचन कार्यक्रमको आयोजना केएमसी म्युजिक क्लबले गरेको थियो।
उक्त अवसरमा गीतहरूसहित विभिन्न गजल र कविताहरू वाचन गरिएका थिए। उक्त गजल सङग्रह हार्डकपी र सफ्टकपी दुवैमा उपलब्ध रहेको जानकारी दिइएको छ।