सुदूर नेपाललाई विश्वसँग जोड्दै

तिमीले मलाई देखेपछि

२०७८ चैत्र २०, १०:४८

तिमीले मलाई देखेपछि बोल्ने गर्नु
यो दुनिया मेरो लागि भए पनि सोध्ने गर्नु
मेरो हात समाएर तिमीले मलाई सधै साथ दिनु                      
घर धन्दा ,परिवारको जिम्मेवारी तिमीले सम्हाल्नु
मैले मेहेनत गरि तिम्रा लागि मोबाइल किनेको छु
दुःख गरेको सबै कथा तिमीलाई आज मैले सुनाउँछु
तिम्रो खुसीका लागि मैले विदेशमा दुःख गरेर बसेको छु
मेरो छोराको सुन्दर भविष्यको लागि संघर्ष गरेको छु
त्यहाँ तिमीले छोराको हेरविचार गरेकी छौ
तिम्रो खुसीको लागि विदेशमा पसिना बगाएको छु 
-गोबिन्द राज ओझा, दिपायल सिलगढी नगरपालिका–२ डोटी 

कमेन्ट लोड गर्नुस