क्यानका अध्यक्ष चन्द जनसेवाश्री पदकबाट सम्मानित
धनगढीः क्रिकेट एसोसिएसन नेपाल (क्यान) का अध्यक्ष तथा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्द जनसेवाश्री पदकबाट सम्मानित भएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले सितल निवासमा बिहीवार चन्दलाई जनसेवाश्री पदकबाट सम्मान गरेकी हुन्। सरकारले असोज ३ गते संविधान दिवसका अवसरमा विभूषण प्रदान गर्ने घोषणा गरेको थियो।
संविधान दिवसका अवसरमा सरकारले ९ सय ३ जनालाई मान–पदवी, अलंकार र जनसेवाश्री पदकबाट विभूषण गर्ने घोषणा गरेको थियो।