सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा पाण्डेय
धनगढी: सुदूरपश्चिमाञ्चल साहित्य समाजको अध्यक्षमा तिर्थराज पाण्डेय चयन भएका छन्। शनिवार धनगढीमा सम्पन्न १०औँ साधारणसभाबाट पाण्डेय समाजको अध्यक्षमा निर्विरोध चयन भएको निर्वाचन अधिकृत गणेशराज जोशीले बताए।
समितिको उपाध्यक्षमा ३ जना चयन भएका छन्। वरिष्ठ उपाध्यक्षमा हरिकृष्ण कडायत, उपाध्यक्षमा रुपा स्वार र टोपेन्द्र शाह चयन भएका हुन्। यस्तै महासचिवमा गणेश नेपाली, सचिवमा तोयनाथ भट्ट, कोषाध्यक्षमा दुर्गा मल्ल, सहकोषाध्यक्ष यशोदा भण्डारी निर्विरोध चयन भएका छन्।
सदस्यहरूमा नवराज ओझा, दलबहादुर बोगटी, भुलिया राना, हेमन्ता शर्मा, दुर्गा जोशी, सानु चौधरी, प्रेमबहादुर चन्द निर्वाचित भएका छन्। यस्तै एक सदस्य मनोनित गर्न बाँकी रहेको जोशीले बताएका छन्।