केकी अधिकारीले गुपचुप विवाह गरेको खुलासा
धनगढीः नायिका केकी अधिकारीले गुपचुप विवाह गरेको खुलासा भएको छ। आज (बुधबार) परिवार र निकटका केही साथीहरूको जमघटमा उनले विवाह गरेको स्रोतले बतायो।
तर उनले विवाह कोसँग विवाह गरेकी हुन् भन्ने खुलिसकेको छैन। स्रोतका अनुसार विवाह भएको र भोलि सबै सार्वजनिक गरिने भएको छ। केकीले भोलि विवाहको तस्बिर सार्वजनिक गर्ने योजना बनाएको बताइएको छ। उनी केही समयदेखि प्रेममा थिइन्। उनले आफ्नो प्रेमलाई मिडियाबाट भने लुकाउँदै आएकी थिइन्।