‘तिमीलाई हेरेर’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौँ: गायिका सुशीला बरालको सुमधुर स्वरमा समावेश ‘तिमीलाई हेरेर’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शैलीको यस गीतमा गायिका बरालको शब्द र सङ्गीत रहेको छ। यस गीतलाई महाराज थापाले सङ्गीत संयोजन गरेका छन्।
गायिका बरालको वास्तविक जीवन कथामा आधारित यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र रञ्जित पौडेलको अभिनय छ। माधव बेल्वासेको सम्पादन रहेको यस भिडियो अमृत सुनुवारको छायाङ्कन र निर्देशनमा तयार पारिएको हो। भिडियोको कथा आयाम पौडेलले लेखेका हुन्। गायिका बरालको च्यानल ‘सुशीला बराल अफिसिएल’ मार्फत भिडियो सार्वजनिक भएको हो।
म्युजिक भिडियोमा ‘तिमीले हेरेर मलाई पुग्ने भए, किन भन्थेँ म अझै हेरिदेऊ’, ‘हेर आज मौसम हाम्रो अघि नै छ’, ‘तिम्रो बोली सुनी म अघाउने भए’ लगायत बोलका गीत समावेश गरिएको छ।
सङ्गीतकी विद्यार्थी समेत रहनुभएकी गायिका बरालका यसअघि ‘जुनी जुनी’, ‘तिम्रो आँखाको इसाराले’ लगायतका गीतहरु सार्वजनिक भइसकेका छन्। म्युजिक भिडियोलाई दर्शक स्रोताबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ। गायिका बरालले आफ्नो भिडियोलाई माया गरिदिन सबैलाई आग्रह गरेकी छिन्।