सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज केकी अधिकारीले बिहे गर्दै

२०७९ वैशाख ८, ११:३३ खबर संवाददाता

काठमाडौं: अभिनेत्री केकी अधिकारी र प्रेमी रोहित तिवारीबीच आज(बिहीबार) विवाह हुँदैछ। बुधबार उनीहरुको मेहेन्दी उत्सव भएको थियो।

उनको बिहे काठमाडौंको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा दिउँसो हुने बताइएको छ। परिवार र निकट आफन्तको उपस्थितिमा विवाह हुने जनाइएको छ। एक वर्षदेखिको प्रेमलाई यी दुईले बिहेमा परिणत गर्न लागेका हुन्। 
 

कमेन्ट लोड गर्नुस