विवाह बन्धनमा बाधिँइन् अभिनेत्री केकी
२०७९ वैशाख ८, ०७:५५
काठमाडौंः नायिका केकी अधिकारी र व्यवसायी रोहित तिवारी विवाह वन्धनमा बाँधिएका छन्। उनीहरुले आज एउटा सानो समारोहमा विवाह सम्पन्न गरेका हुन्।
केकी अधिकारीले सामाजिक सञ्जालमा स्टाटस लेख्दै विवाहको शुभ समाचार बाँड्न पाएको आफू हर्षित रहेको बताएकी छन्। जीवनको नयाँ अध्याय सुरु गर्दै गर्दा आफूहरुले सबैको आशिर्वादको अपेक्षा राखेको उनीहरुले बताएका छन्।
करिब एक वर्षको प्रेम सम्वन्धपछि केकी र रोहितले दाम्पत्य जीवन सुरु गरेका हुन् ।
कमेन्ट लोड गर्नुस