कांग्रेसको चुनावी भिडियोका कलाकारले ‘मेरो एरिया’ भन्दै सर्वसाधारणमाथि गरे दुर्व्यवहार
धनगढीः नेपाली कांग्रेसको चुनावी गीतको भिडियो सुटिङका क्रममा आफूलाई कलाकार बताउने केही व्यक्तिले सर्वसाधारणलाई दुर्व्यवहार गरेका छन्। शनिबार बुद्धनगर यूएनपार्कस्थित ब्ल्याक आइज नामक कफिसपका ग्राहकलाई केही व्यक्तिले दुर्व्यवहार गरेका हुन्।
नेपाल सांस्कृतिक संघले तयार पार्न लागेको कलाकार मनोज केसी निर्देशित ‘घर घर जाऊँ, कांग्रेस जिताऊँ’ बोलको गीति भिडियोको सुटिङको क्रममा गीतको भोल्युम सानो पार्न कफीसपमा ग्राहकले अनुरोध गरेका थिए। त्यही निहुँमा अनिल तुलाधार र प्रवीण ओझा नामका दुई जनाले कफीसप सञ्चालक र ग्राहकहरूसँग ‘मेरो एरिया हो’ भन्दै अभद्र व्यवहार गरेको कफीसपकी सञ्चालक शान्ति वादेले बताइन् ।