स्वप्न सुमनले गरे विवाह
काठमाडौं : गायक स्वप्न सुमनले विवाह गरेका छन्। उनले मोडल ज्योत्सना योगीसँग विवाह गरेका हुन्। योगीले सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएकी छन्।
युट्युबबाट आफ्नो गायन यात्रा सुरु गरेका सुमनका थुप्रै गीतहरु युवापुस्तामाझ चर्चित छन्। उनका ‘कसरी भनुँ तिमीलाई’ देखि ‘हराउन देउ’ जस्ता थुप्रै गीतहरु चर्चित छन्। ज्योत्सनाले विभिन्न म्युजिक भिडियो र विज्ञापनहरुमा काम गरेकी छिन्। उनी सन् २०७३ मा प्रदर्शनमा आएको फिल्म ‘म त तिम्रै हुँ’मा मुख्य अभिनेत्रीको रुपमा देखिएकी थिइन्।