सौगात ओझाको ‘धनगढी सहर’ सार्वजनिक (भिडिओसहित)
धनगढीः सुदूरपश्चिमका चर्चित गायक तथा सर्जक सौगात ओझाको नयाँ गीत सार्वजनिक भएको छ। लोकदोहरी तथा देउडा गायक ओझाको ‘धनगढी सहर’ बोलको नयाँ गीत सार्वजनिक भएको हो।
गायक तथा सर्जक ओझा र गायिका रेखा जोशीको स्वर रहेको उक्त गीतको सङ्गीत एरेन्ज दिपकसंगम विसीले गरेका छन्। सो गीतमा लय तथा शब्द दुवै गायक ओझाकै रहेको छ। गायक ओझाले आफ्नै युट्युव च्यानलमार्फत उक्त गीत सार्वजनिक गरेका हुन्। सो गीतको भिडिओमा धनगढीका चर्चित मोडेलहरु झरना, कोपिला, कबिता र सरु लगायतले अभिनय गरेका छन्।
ओझा नायक पनि हुन्। उनले थुप्रै टेलिफिल्म तथा चलचित्रमा पनि काम गरेका छन्।