आमिर अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज
काठमाडौं: बलिउड अभिनेता आमिर खान अभिनित ‘लाल सिंह चड्डा’को ट्रेलर रिलिज भएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल)को फाइनल खेलमा ट्रेलर रिलिज भएको हो।
टम ह्यांक्स स्टारर हलिउड फिल्म ‘फरेस्ट गम्प’को रिमेक यो फिल्ममा करिना कपुर, मोना सिंह र नागा चैतन्यको पनि अभिनय छ। शारीरिक रुपमा अशक्त बालक र उसकी आमाबीचको प्रेमिल सम्बन्धलाई चित्रण गरिएको यो फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ। ‘लाल सिंह चड्डा’ आगामी साउन २६ गते जनैपूर्णिमाको छेकोमा रिलिज हुँदैछ।