सुदूर नेपाललाई विश्वसँग जोड्दै

कबड्डी–४ की नायिका मगरविरुद्ध प्रदर्शन, पोस्टर जलाइयो

२०७९ जेठ १७, ११:४८ खबर संवाददाता

काठमाडौं: ‘कबड्डी–४’ की नायिका मिरुता मगरविरुद्ध काठमाडौंमा प्रदर्शन भएको छ। उनले सार्वजनिक रुपमा माफी माग्नुपर्ने माग गर्दै मंगलबार चाबहिलस्थित केएल टावर अगाडि प्रदर्शन भएको हो। नायिका मगरले आफूमाथि दुर्व्यवहार गरेको भनेपछि  ‘कबड्डी–४’ फिल्म हेर्न गएका फुर्वा लामालाई प्रहरीले पक्राउ गरेको थियो।

नायिका मगरको मौखिक उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो। पक्राउ परेका लामाको रिहाइ, नायिका मगरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने र ‘कबड्डी ४’को प्रदर्शन रोक्न माग गर्दै प्रदर्शनकारी सडकमा उत्रिएका हुन्।

प्रदर्शनको क्रममा उनीहरूले कबड्डी-४ को पोष्टर समेत जलाएका थिए। 

कमेन्ट लोड गर्नुस