सुदूर नेपाललाई विश्वसँग जोड्दै

ती आमाको आस नमार्नुस् है त (कविता)

२०७९ जेठ १७, ०४:०५

-कश्मीर साउँद
आदरणीय मेयर ज्यू, धेरैले शुभकामना दिने लहरमा 
मेरो पनि शुभकामना  स्विकार्नुस् है त
अत्ति भारी मत लिएर जित्नुभएको छ 
ती वृद्ध आमाबुवा र युवाहरुले जुन विश्वास राखेका छन् त्यो विश्वास न टुटाउनुस् है त
आगामी दिनहरुमा बिहान दिउँसो राति जुनसुकै बेला एक सर्वसाधारण मानिस हजुरको आवश्यक परेर हजुरलाई फोन गर्नसक्छ 
मोबाइलमा बज्ने त्यो घन्टीलाई बेवास्ता नगर्नुस् है त
जहाँ–जहाँ हजुर भोट  माग्न जानुभएको थियो फेरि एक चोटी थोरै समय मिलाएर त्यहि गएर ‘भोट माग्न आउँछन् फेरि जितेर मुख देखाउँदैनन्’ भन्ने भनाइ  हटाइदिनुस् है त
केही दिनअघि हजुरलाई नानाथरी प्रश्न गर्ने र त्यो काण्ड भन्दै मजाक उडाउनेहरु पनि अहिले हजुरको फोटो राखेर शुभकामना दिँदैछन्
अविस्मरणीय काम गरेर त्यो गरेको मजाकको मजा चखाइदिनुस है त
‘हामीले सुख नपाएनी छोरा–छोरी त हामी जस्तो दुःख नपाउँलान् त्यसैले  गोपीलाई नै भोट गरे’ भन्ने ती आमाको आस नमार्नु है त ।

कमेन्ट लोड गर्नुस