सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्व्यवहारको विषयमा अभिनेत्री मिरुना र फुर्पाबीच सहमति

२०७९ जेठ १८, ०६:३५ खबर संवाददाता

काठमाडौं: 'कबड्डी ४' की अभिनेत्री मिरुना मगर र फुर्पा लामा तामाङबीच मिलापत्र भएको छ। दुर्व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा तामाङबीच यस विषयलाई थप विवादित नबनाउने सहमति भएको हो।

कबड्डी द फाइनल म्याचको दर्शकसँग साक्षात्कार गर्ने क्रममा आइतबार सिभिल मलको क्युएफएक्स हलमा पुगेकी अभिनेत्री मगर माथि भएको अभद्र व्यवहार सम्बन्धि घटनामा मुगु स्थायी घर भएका फुर्पा तामाङले गल्ती स्वीकार गरी माफी मागेका हुन्। अभिनेत्री मगरले पनि भाइ सम्झेर माफ दिएको सहमतिपत्रमा उल्लेख छ।

गलत नियतले छोएको भन्दै नायिका मगरले फुर्पा तामाङलाई थप्पड हानेको र तामाङलाई प्रहरीले पक्राउ गरेको प्रकरणमा दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। 

कमेन्ट लोड गर्नुस