गणेशबहादुर नेपालीको पहिलो कविता संग्रह ‘कसन’ लोकार्पण
२०७९ जेठ १८, ०५:२९
धनगढी: सुदूरपश्मिाञ्चल साहित्य समाजका महासचिव एवं कवि गणेशबहादुर नेपालीको पहिलो कविता संग्रह ‘कसन’ लोकार्पण गरिएको छ। धनगढीमा आयोजित एक कार्यक्रममा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री गोविन्द बोहराले सो कृति लोकापर्ण गरेका हुन्।
सुदूरपश्मिाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयको अध्यक्षतामा कार्यक्रम सम्पन्न् भएको थियो।
कमेन्ट लोड गर्नुस