सुदूर नेपाललाई विश्वसँग जोड्दै

सलमान खानलाई ज्यान मार्ने धम्की

२०७९ जेठ २३, १०:१४ खबर संवाददाता

एजेन्सी: बलिउड अभिनेता सलमान र उनका पिता सलिम खानलाई ज्यान मार्ने धम्कीसहितको चिट्ठी प्राप्त भएको छ।  आइतबार बिहान एक अज्ञात व्यक्तिले सलिम खानलाई उक्त चिट्ठी दिएको समाचार एजेन्सी पिटिआईले एक अधिकारीलाई उद्धृत गर्दै जानकारी दिएको छ।  

मर्निङ वाकपछि सलिम खान बान्द्राको ब्यान्डस्ट्यान्डमा बेन्चमा बसिरहेका बेला एक व्यक्तिले उनलाई एउटा चिट्ठी दिए जसमा उनले सलमान खानलाई ज्यान मार्ने धम्की दिएको बताइएको छ।  मुम्बई प्रहरीले यो मामिलामा एफआइआर दर्ता गरेको छ।

ट्याग

कमेन्ट लोड गर्नुस