सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभिनेता सलमान खानको हत्या प्रयास, सुरक्षा कडा

२०७९ जेठ २७, ०४:३८ खबर संवाददाता

काठमाडौंः अभिनेता सलमान खानको हत्या गर्ने प्रयास गरिएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार ग्याङस्टर लरेन्स बिस्नोइका सार्पसुटरले शुक्रबार मुम्बईमा खानमाथि गोली प्रहारबाट हत्याको प्रयास गरेका हुन्।

टाइम्स नेटवर्कलाई उद्धृत गर्दै सबै भारतीय सञ्चारमाध्यमले यो समाचारलाई प्रसारण गरिरहेका छन्। पञ्जाबी गायक सिद्धू मुसेवालाको हत्यामा संलग्न ठानिएको बिस्नोइ ग्याङका केही सार्पसुटरले खानको हत्याको प्रयास गरेका हुन्।

सलमानको घरबाहिर सार्पसुटर पुगेर हत्याको प्रयास गरेको, तर अन्तिम समयमा फर्किएको बताएको छ। लरेन्स बिस्नोइ ग्याङबाट आफूलाई कुनै खतरा नभएको भन्दै सलमान शुक्रबार बिहान घरबाहिर साइक्लिङमा निस्किएका थिए।
जोखिम बढेको भन्दै सलमानको सुरक्षा कडा बनाइएको छ।
 

कमेन्ट लोड गर्नुस