सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘कबड्डी ४’ले कमायो १६ दिनमा २० करोड, राख्यो नयाँ रकर्ड

२०७९ जेठ ३०, ०३:११ खबर संवाददाता

काठमाडौं: ‘कबड्डी ४ः द फाइनल म्याच’ हालसम्मकै धेरै कमाउने नेपाली फिल्म बनेको छ। फिल्मले हालसम्म कूल २० करोडभन्दा धेरै आम्दानी गरेको वितरकले जनाएको छ। फिल्मले काठमाडौंभित्रको प्रदर्शनबाट १० करोड ७५ लाख आम्दानी गरेको थियो। त्यस्तै, उपत्यका बाहिरबाट फिल्मले ९ करोड ३० लाख रुपैयाँको आम्दानी गरेको छ।

हालसम्म नेपालमा सबैभन्दा धेरै आम्दानी गर्ने फिल्म दिपकराज गिरिको ‘छक्का पञ्जा ३’ थियो। उक्त फिल्मले प्रदर्शन भएयता २० करोडको कमाई सिनेमा हलबाट गरेको थियो। 


 

कमेन्ट लोड गर्नुस