सुदूर नेपाललाई विश्वसँग जोड्दै

जी–बब र उनको परिवारबीच तीन बुँदे सहमति

२०७९ जेठ ३१, ०७:३६ खबर संवाददाता

काठमाडौं: जी–बबको नामले चर्चित र्याप गायक सुदिप भण्डारी र उनको परिवारबीच तीन बुँदे सहमती भएको छ। जी–बब र उनको परिवारबीचको विवाद सोमबार तीन बुँदे सहमती गर्दै सुल्झिको हो।

जी–बबका बुवा राजकुमार भण्डारी र समर्पण समाज नेपाल कपनका सञ्चालक टासी लामाबीच छलफलपछि दुबैले तीन बुँदे सहमती गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। 

जसअनुसार जी–बबको इच्छाअनुसार उनलाई समर्पण समाज नेपाल, कपनस्थित सुधार गृहमा रहेका अन्य व्यक्तिसरह नै राखिने, केही समयको लागि जी–बबले चाहेको समयमा आमा–बुवालाई भेट गराउने व्यवस्था समाजले मिलाउने र कुनै प्रकारको कार्यक्रममा भाग लिनुपरेमा आमा–बुवाको सहमति लिनु पर्नेछ। 

कमेन्ट लोड गर्नुस