भागेर बिहे गर्न मन लागेको छः नन्दिता
धनगढीः अभिनेत्री नन्दिता केसीले विवाह आफ्नो वशमा नहुने बताएकी छन्। विवाहका लागि समय आउनुपर्ने र जुर्नुपर्ने उनको भनाई छ। केही समय अमेरिका बसेर स्वदेश फर्किएकी नन्दिता आइतबार अभिनेत्री नीता ढुंगानाको रिसेप्सन पार्टीमा भेटिएकी थिइन्। सो अवसरमा उनलाई मिडियाले विवाहको प्रश्न छुटाउने त कुरै भएन। जसको जवाफमा उनले आफ्नो विवाह समय आएपछि हुने भन्दै टारेकी थिइन्। उनले आफु अहिलेसम्म नहुनुको कारण समयलाई समेत दोष दिएकी छन्।
‘बिहेका लागि कुनैपनि व्यक्तिसँग विश्वास र कनेक्सन हुनुपर्छ’ उनले थपिन्, ‘बिहे भनेको आफ्नो इच्छाअनुसार हुनुपर्छ।’ अरुको बिहे हेर्दाहेर्दै आफूलाई भागेर बिहे गर्न मन लागेको समेत उनले बताएकी छन्। भनिन्, ‘अरुको विवाह हेर्दा लाग्यो सानो–सानो कुरामा पनि ध्यान दिनुपर्ने रहेछ। त्यसैले धेरै तनाव हुँदो रहेछ।’