सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय गायक दलेर मेहन्दी पक्राउ

२०७९ असार ३०, ०६:५० खबर संवाददाता

काठमाडौं:  चर्चित भारतीय गायक दलेर मेहन्दी पक्राउ परेका छन्। मानव तस्करीको मुद्दामा पञ्जाबको पटियाला अदालतले दुई वर्षको सजाय सुनाएसँगै उनलाई प्रहरीले पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनलाई मानव तस्करीको मुद्दामा सन् २०१८ मा पटियाला अदालतले दुई वर्षको जेल सजाय सनाएको थियो। फैसलाविरुद्ध उनले अदालतमा चुनौती दिएका थिए। तर उक्त मुद्दामा सुनुवाइ गर्दै बिहीबार अदालतले पुरानै फैसलालाई सदर गरेपछि उनी पक्राउ परेका हुन्।

अदालतको फैसलासँगै प्रहरीले उनलाई जेल चलान गर्ने तयारी गरेको छ।  उनलाई सन् २००३ मा अवैध रुपमा मानव ओसारपसार गरेको मुद्दामा पटियाला अदालतले दोषी ठहर गरेको हो।

कमेन्ट लोड गर्नुस