सुदूर नेपाललाई विश्वसँग जोड्दै

झण्डामा गाँजाको पात राखेर ‘चिया पार्टी’ दर्ताका लागि निवेदन, आयोगद्वारा अस्विकार 

२०७९ साउन ५, १२:४८ खबर संवाददाता

धनगढीः निर्वाचन आयोगमा आयोगमा दर्ताका निवेदन र कागजपत्र बोकेर पुगेको ‘चिया पार्टी’ लाई आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको छ। पार्टीको नाम हलुका किसिमको भएको र पार्टीको झण्डामा गाँजाको पात राखिएको भन्दै आयोगले दर्ता नगरी फिर्ता पठाइदिएको हो। 

सो दलका महामन्त्री रविकिरण हमालका अनुसार केहीदिन अघि उनीहरु पार्टी दर्ताका लागि आयोग गएका थिए। उनले आयोगले पार्टीको नाम हलुका भएको र झण्डामा गाँजाको सात वटा पात राखेको कारण देखाउँदै दल दर्ता गर्न नमानेको बताए। 

चिया पार्टीको झण्डा संविधानको भावना विपरित भएकोले पार्टी दर्ता नगरी फिर्ता पठाइदिएको आयोगका उप न्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए। २१ सदस्य रहेको सो पार्टीमा सबै नेताहरु ४० वर्षभन्दा कम उमेर समूहका यूवाहरु रहेको बताइएको छ। आयोगले चियाको नाममा पार्टी दर्ता गर्न नमानेपछि पार्टीको नाम परिवर्तन गरेर एक दुई दिनभित्रै आयोगमा अर्को नाममा पार्टी दर्ताका लागि जाने तयारी छ। 

कमेन्ट लोड गर्नुस