सुदूरपश्चिमका रावतसहित ७ स्रष्टा प्रधानमन्त्रीबाट सम्मानित
धनगढी: सुदूरपश्चिमका सुरत रावत (डोटेली कान्छा)सहित ७ स्रष्टा सम्मानित भएका छन्। नेपाल साँस्कृतिक संघको आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका रावतसहित ७ वटै प्रदेशका स्रष्टालाई सम्मानित गरिएको हो।
बिहिबार बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्मान गरेका थिए। सुदूरपश्चिम प्रदेशबाट सुरत रावत (डोटेली कान्छा), कर्णाली प्रदेशबाट पुर्ण आचार्य , लुम्बिनी प्रदेशबाट डिल्ली नारायण पाण्डे, गण्डकी प्रदेशबाट चोलेन्द्र पौडेल, मधेस प्रदेशबाट जीबनाथ चौधरी, बाग्मती प्रदेशबाट राजेन्द्र खत्री लगायत एक दर्जन स्रष्टालाई बिहिवार बालुवाटारमा आयोजित स्रष्टा सम्मान कार्यक्रममा सम्मानित गरिएको थियो।