सुदूर नेपाललाई विश्वसँग जोड्दै

बादी महिलाको संघर्ष (वृत्तचित्र)

२०७५ फाल्गुन १४, १०:५९ आरजु

केही वर्ष अघिसम्म बादी समुदायका पुरुषहरू मादल बनाउने र माछा मार्ने गर्थे। छोरीहरूले यौन पेशा अपनाउँथे। तर, अहिले परिस्थिति फेरिएको छ। उनीहरू पुर्ख्यौली पेशा छाडेका छन्। उनीहरुको पेशा फेरिएपनि उनीहरुप्रति सामाजिक दृष्टिकोण बदलिन सकेको छैन्। बादी महिलाहरू प्रतिको व्यवहार र दृष्टिकोण परिवर्तन नहुनु जातीय विभेद पनि भएको धेरैको बुझाई छ।

कैलाली, कञ्चनपुर लगायतका जिल्लामा पनि धेरै वादी समुदायको बस्ती छ। उनीहरुले बाच्न पाउने अधिकारका लागि आन्दोलन पनि गरे। तर अहिले पनि उनीहरुका बाध्यता हट्न सकेका छैनन्। बादी समुदायबाटै प्रतिनिधित्व गर्दै उमा वादी अहिले प्रदेश सभामा प्रतिनिधित्व पनि गरिरहेकी छिन्।

तर अहिले पनि वादी समुदायका धेरै महिलाहरु पुरानै पेशा गर्न बाध्य छन्। आफ्नै बस्तीमा नगरेपनि शहर बजारका होटलहरुमा उनीहरु यौन पेशा अंगालिरहेका छन्। अव भने वादी समुदायका महिलाहरुलाई आफ्नो भन्दा पनि आफ्ना सन्ताहरुको भविष्यको चिन्ता हुन थालेको छ। 
 

कमेन्ट लोड गर्नुस