सुदूर नेपाललाई विश्वसँग जोड्दै

एमालेको सरकार बनेन भने देश बर्बादीतर्फ जान्छः ओली

२०७९ भदौ ४, १०:१७ खबर संवाददाता

काठमाडौंः नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी आमनिर्वाचनपछि एमालेको सरकार नबने देश बर्बादीतर्फ जाने बताएका छन्। शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटनमा उनले यस्तो बताएका हुन्।

‘‘गठबन्धनको सरकार बनेको एक वर्षमा देश तहसनहस भयो’’, पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले भने, ‘‘आगामी निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जान्छ।’’

अहिले सरकारमा भएका दलहरूकै सरकार बन्यो भने त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनको आरोप छ।

कमेन्ट लोड गर्नुस