एकीकृत समाजवादीको डोटी इन्चार्जमा जोशी
धनगढीः नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को डोटी जिल्ला इन्चार्ज पूर्णा जोशी तोकिएकी छन्। पार्टीको केन्द्रीय नेतृत्वले उनलाई डोटी जिल्ला इन्चार्जको जिम्मेवारी दिएको हो।
पूर्व एमालेकी नेतृ जोशी एमाले विभाजनपछि एकीकृत समाजवादीमा लागेकी थिइन्। त्यसपछि उनी सुदूरपश्चिम सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रीसमेत भएकी थिइन्। तर, पछि पार्टीले उनलाई मन्त्रीबाट फिर्ता बोलाएको थियो।
उनी डोटीबाट प्रतिनिधित्व गर्ने समानुपातिक प्रदेश सांसद हुन्।