धनगढीमा कांग्रेस नेता गिरीको सम्झनामा दीप प्रज्वलन
धनगढीः धनगढीमा नेपाली कांग्रेस नेता प्रदीप गिरीको निधनपछि उनको सम्झनामा दीप प्रज्वलन गरिएको छ। आइतबार धनगढीमा कांग्रेसका विद्यार्थी संगठनहरु र कैलाली कांग्रेसका नेताहरुले संयुक्त रुपमा दीप प्रज्वलन गरेका हुन्।
उनीहरुले सांसदसमेत रहेका गिरीको निधनप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै दीप प्रज्वलन कार्यक्रमको आयोजना गरिएको बताएका छन्। नेविसंघ सुदूरपश्चिमाञ्चल एकेडेमी, कैलाली बहुमुखी क्याम्पस र ऐश्वर्य बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा उक्त कार्यक्रम गरिएको थियो।
तीन सातादेखि उपचाररत नेता गिरीको हालै मृत्यु भएको थियो।