सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजवादी लोभीपापीको पार्टी हो, माधव नेपालले मागिखाने भाडो बनाए: शाही

२०७९ भदौ १५, ०५:५३ खबर संवाददाता

धनगढी : नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेशका निवर्तमान अध्यक्ष विक्रम शाही एमालेले प्रवेश गरेका छन्। बुधबार उनलाई एमाले अध्यक्ष केपीशर्मा ओलीले कञ्चनपुरमा आयोजित कार्यक्रममा पार्टीमा स्वागत गरेका हुन्। पार्टी प्रवेशपछि कार्यक्रममा बोल्दै शाहीले माधव नेपालले पार्टीलाई भिख माग्ने भाँडो बनाएको आरोप लगाए।

उनले एकीकृत समाजवादी लोभीपापीको पार्टी भएको पनि बताए। उनले आफू पार्टीमा कुनै पद माग्न नआएको बताउँदै अब अन्य साथीहरुलाई पनि एमालेमा फर्काउने अभियानमा लाग्ने जनाए। यस्तै समाजवादी, माओवादी र काँग्रेसलाई हराउनुपर्ने उनले बताए। माधव नेपालले आफ्नो पार्टीलाई शेरबहादूर देउवाकहाँ मागी खाने भाँडो बनाएको उनको दाबी छ।

कमेन्ट लोड गर्नुस