समाजवादीले समानुपातिकमा २० लाख मत ल्याउँछ, कांग्रेसमा अहंकार छः माधव नेपाल
धनगढीः पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले समानुपातिकमा २० लाख मत ल्याउने बताएका छन्। मोरङको विराटनगरमा आयोजित पेशागत महासंघको जिल्ला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन्। उनले समानुपातिकबाट २० लाख मत ल्याए २० देखि २५ सिट आउने बताए। ‘समानुपातिकमा ११० सिट मध्ये २० लाख मत ल्याए २० देखि २५ सिट सुरक्षित हुन्छ,’ नेपालले भने।
नेपालले गठबन्धन गर्ने विषयमा कांग्रेसमा अहंकार देखिएको बताए। २०७४ सालमा २३ सिट जितेको कांग्रेसले १ सय सिट दाबी गर्नु नै अहंकार भएको उनको भनाइ छ।