अछाममा प्रतिनिधि सभामा कांग्रेसबाट ८ जना सिफारिस, प्रदेशमा को-को ?
धनगढीः नेपाली कांग्रेसले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाका लागि अछामबाट उम्मेदवार सिफारिस गरेको छ। दुईवटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेको अछाममा प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिसमा परेका जिल्ला कार्य समिति सचिव टक्करबहादुर शाहले बताए।
निर्वाचन क्षेत्र १ मा प्रतिनिधि सभा प्रत्यक्षतर्फ कांग्रेस केन्द्रीय सदस्य गोविन्दबहादुर शाह, निवर्तमान सभापति भरतकुमार स्वार, महासमिति सदस्य टीकाराम खनाल र महाधिवेशन प्रतिनिधि राजेन्द्रबहादुर शाहको नाम सिफारिस भएको छ।
यो नेकपा एमालेका नेता डा. भीम रावलले चुनाव लड्दै आएको क्षेत्र पनि हो। ०७४ सालको चुनावमा रावल अछाम १ बाट कांग्रेसका स्वारलाई पराजित गर्दै २४ हजार ८९३ मत सहित विजयी भएका थिए। स्वाँरले १७ हजार ६८९ मत ल्याएका थिए। यस्तै, क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभातर्फ समानुपातिकमा ७ जनाको नाम सिफारिस भएको छ। अनुराधा कुमारी स्वार, मोतिलाल बोहरा, डम्बर बहादुर सुनार, मो अक्रामुल शेख, शान्ता कुवँर, लक्ष्मी शाह र सुरेन्द्र खड्का समानुपातिकमा सिफारिस भएका छन्।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ ४ जना आँकाक्षी देखिएका छन्। यहाँका सभापति पुष्पबहादुर शाह, महासमिति सदस्यद्धय बलबहादुर कुवँर, गणेशबहादुर बिष्ट र महाधिवेशन प्रतिनिधि रामबहादुर शाहीको नाम सिफारिस भएको हो।
समानुपातिकतर्फ प्रदेश सांसद अम्बिकुमारी थापा, पूर्वसांसद अक्कलबहादुर बिष्ट, देवराज देवकोटा, टेकबहादुर विक, बीपी रेग्मी, सुनिता थापा र विनोद थापा गरी ७ जनाको नाम सिफारिस भएको छ। ४ वटा प्रदेश सभा सिटमा प्रत्यक्षतर्फ कांग्रेस अछाममा ३४ जना आकांक्षी देखिएका छन्। प्रदेश १ (१) मा ५ जना, (२) मा ८ जना, प्रदेश २ (१) मा १२ जना र (२) मा ९ जनाको नाम सिफारिस भएको छ।
प्रदेश १ (१) मा प्रत्यक्षतर्फ मेघराज खड्का, भक्तबहादुर ठकुल्ला, राजन कुवँर, टेकबहादुर कुवँर र चक्रबहादुर कुवँर छन्। यो क्षेत्रमा २० जनाको नाम समानुपातिकतर्फ सिफारिस भएको छ। यस्तै प्रदेश सभा १ (२) मा पदमबहादुर शाह, रेबन्त अधिकारी, पदमबहादुर खड्का, हर्कबहादुर स्वार, राजेन्द्र बहादुर खड्का्, शेरबहादुर शाह, कालीबहादुर बुढा र दुर्गाप्रसाद तिमिल्सिना सिफारिसमा परेका छन्। यहाँबाट १३ जनाको नाम समानुपातिकमा परेको छ।
प्रदेश सभा २ (१) बाट प्रत्यक्षतर्फ अम्बिकुमारी थापा, सुरतबहादुर बिष्ट, ओमप्रकाश बिष्ट, मानबहादुर शाही, पुष्पराज शर्मा, बेदप्रकाश तिमल्सेना, रामबहादुर शाही, लक्ष्मणबहादुर शाह, ताराप्रसाद खना, वीरबहादुर शाही, टंकबहादुर धामी र अनिल विष्ट सिफारिस भएका छन्। यहाँबाट समानुपातिकमा १३ जनाको नाम सिफारिस भएको छ।
यस्तै, प्रदेश सभा २ (२) मा प्रत्यक्षतर्फ पदमराज अधिकारी, दिनेशकुमार स्वार, मानबहादुर रावल, रवीन्द्रबहादुर शाही, धनबहादुर बुढा, डा दिनेश रावल, टंकबहादुर साउद, डा सन्तोष उपाध्याय र हेमराज ढुंगानाको नाम सिफारिस भएको हो। यहाँबाट समानुपातिकतर्फ १९ जनाको नाम सिफारिसमा परेको छ।