सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा गठबन्धन गर्नु हुँदैन भनेर देउवालाई भन्छुः नृप वड

२०७९ भदौ २३, ०१:१८ खबर संवाददाता

धनगढीः नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले डोटीमा गठबन्धन गर्न नहुनेमा जोड दिएका छन्। बुधबार शिखर नगरपालिकास्थित एक कार्यक्रममा उनले डोटेली नेता कार्यकर्ताले गठबन्धन नचाहेको भन्दै यस्तै जनाएका हुन्।

नेता तथा कार्यकर्ताहरुको आवाज डोटीमा गठबन्धन आवश्यक नरहेको भन्नेमा केन्द्रित रहेको उनले बताए।  ‘आगामी मंसिर ४ गते हुने संघ र प्रदेश सभाको निर्वाचनमा डोटीमा गठबन्धन गर्नु हुँदैन भनेर केन्द्रीय पार्टी सभापति शेरबहादुर देउवालाई जानकारी गराउने छु’, वडले भने, ‘नेता कार्यकर्ताको भावनाविपरीत गठबन्धन गरे पार्टी गम्भीर मोडमा जानेछ।’


 

कमेन्ट लोड गर्नुस