सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘प्रचण्ड’ नामको अक्सिजनले कांग्रेस चलेको छः ओली

२०७९ भदौ २५, ०४:५६ खबर संवाददाता

काठमाडौंः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस ‘प्रचण्ड’ नामको अक्सिजनबाट चलेको टिप्पणी गरेका छन्। विराटनगरमा शनिबार आयोजित एक कार्यक्रममा उनले कांग्रेसप्रति यस्तो टिप्पणी गरेका हुन्।

‘कांग्रेसले प्रचण्ड नामको अक्सिजन लगाएको छ। प्रचण्डलाई पनि कांग्रेसको पछि लाग्नुबाहेक अरू विकल्प छैन’, ओलीले भने, ‘माधव नेपालको चर्चा गरेर धेरै महत्व दिनु पर्दैन, यो चुनावपछि सबै साफ हुन्छन्।’ परमादेशबाट बनेको गठबन्धन सरकारले जनादेशको महत्व नबुझेको भन्दै उनले हरेक नेपाली सचेत हुनुपर्ने बताए ।

उनले गठबन्धन सरकारले भ्रष्टाचार, विकृति र विसंगति मच्चाएको आरोप समेत लगाए। ओलीले स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगको भूमिका कमजोर देखिएको पनि बताए। ‘अघिल्लो निर्वाचनमा आयोगको भूमिका कमजोर देखियो। धाँधली रोक्न नसक्ने, प्रशासन आफ्नो हातमा लिन नसक्ने, निर्वाचनका बेला निर्वाचन आयोगले प्रशासन आफ्नो हातमा लिन सक्नुपर्छ,’ ओलीले भने, ‘हेर्नुपर्छ, यस निर्वाचनमा कस्तो गर्छ।’

कमेन्ट लोड गर्नुस