सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक जरोकिलो पार्टीले दुई तिहाई महिला समावेश गर्दै बुझायो बन्द सूची

२०७९ असोज ४, ०८:५६ खबर संवाददाता

धनगढी: मौलिक जरोकिलो पार्टीले दुई तिहाई महिला समावेश गर्दै बन्द सूची बुझाएको छ। पार्टीले सुदूरपश्चिम प्रदेशसभा समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा पेश गरेको हो।

पार्टीका सुदूरपश्चिम अध्यक्ष खिमानन्द जोशीले कानुनले कम्तिमा ५० प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरेकोमा आफूहरुले ६६।६६ प्रतिशत महिला समावेश गर्दै बन्द सूची पेश गरेको बताए। समानुपातिकतर्फ आदिवासी जनजाति १, खस आर्य ७, थारु ३ र दलित ३ गरी  १४ महिला बन्द सूचीमा समावेश गरिएको उनले बताए। 

कमेन्ट लोड गर्नुस