सुदूर नेपाललाई विश्वसँग जोड्दै

कांग्रेस परित्याग गरेको दिव्यश्वरी शाहको घोषणा

२०७९ असोज ७, १०:४७ खबर संवाददाता

धनगढी: सुदूरपश्चिम प्रदेशसभा सदस्य दिव्यश्वरी शाहले नेपाली कांग्रेस परित्याग गर्ने घोषणा गरेकी छन्। आजै यसबारे पार्टीलाई जानकारी दिने उनले बताइन्।

‘पार्टी छोड्ने यो मेरो निर्णय हो कसैले भनेर मैले कांग्रेस छोड्न लागेकी होइन', उनले भनिन्, 'आजै दिउँसो कांग्रेस छोडेको जानकारी पार्टीलाई गराउँदैछु।’

पछिल्लो समय कांग्रेस आफ्नो नीतिमा नरहेपछि आफूले पार्टी छोड्ने निर्णय गरेको उनले बताइन्। कांग्रेसबाट समानुपातिकमार्फत प्रदेशसभा सदस्य भएकी शाह यहाँकी जेष्ठ सदस्य हुन्। उनी ८९ वर्षकी भइन्।

कमेन्ट लोड गर्नुस