सुदूर नेपाललाई विश्वसँग जोड्दै

बिहे गरेर ल्याएको भोलिपल्टै विदेशीलाई नागरिकता दिन सकिँदैनः थापा

२०७९ असोज ७, ०१:०७ खबर संवाददाता

धनगढीः राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टोमात्र नभएको बताएका छन्। थापाले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा कुनैपनि हालतमा सहमति हुन नसकिने बताएका हुन्।

गृहजिल्ला मकवानपुरको बकैया गाउँपालिकामा पार्टीको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमलाई थापाले भने ‘प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नागरिकका सन्तानले सहजरूपमा नागरिकता पाउनुपर्छ। तर, विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्वीकार गर्न सकिँदैन।’

युवाहरू राजनीतिक स्वार्थको गोटि बन्नु नहुने उनको भनाइ छ।
 

कमेन्ट लोड गर्नुस