धनगढीमा गठबन्धनका ठूला नेताहरु (तस्बिरहरू)
धनगढीः सत्ता गठबन्धनका नेताहरु प्रदेशस्तरीय भेला तथा प्रशिक्षणका लागि धनगढी पुगेका छन्। सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाललगायत धनगढी आएका हुन्। कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पनि उनीहरुसँगै छन्।
सुदूरपश्चिमको संयुक्त प्रशिक्षण कार्यक्रम संयोजनको जिम्मेवारी नेकपा माओवादी केन्द्रले पाएको छ। संयुक्त प्रशिक्षण कार्यक्रममा प्रदेशका ९ जिल्लाबाट गठबन्धन दलका प्रतिनिधि, उम्मेदवारलगायत आएका माओवादी कैलाली इन्चार्ज हरि ज्ञवाली ‘अखण्ड’ ले जानकारी दिए। कार्यक्रम अहिले जारी छ।