सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रेम आले र बलायरबीच यस्तो सहमति, दुबैको चुनाव जित्ने दाउ 

२०७९ कार्तिक ६, ०१:३० खबर संवाददाता

धनगढीः पूर्वमन्त्रीद्वय प्रेमबहादुर आले र वीरबहादुर बलायरबीच चुनावी सहमति भएको छ। उनीहरुबीच आगामी मंसिर ४ गते हुने निर्वाचनमा एक अर्कालाई सहयोग गर्ने सहमति भएको हो। 

उनीहरु निकट नेताका अनुसार आलेले कैलाली र बलायरले डोटीमा सघाउने सहमति गरिएको छ। आले गठबन्धनका तर्फबाट डोटी तथा बलायर कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा छन्। उनीहरु मिलेर चुनाव जसरी पनि जित्ने रणनीतिमा छन्। 

गठबन्धनका तर्फबाट आलेले डोटीमा टिकट पाएपछि बलायर कैलाली झरेका थिए। 

कमेन्ट लोड गर्नुस