सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा छः प्रधानमन्त्री देउवा

२०७९ कार्तिक ६, ०१:४५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमबाट जीतको सफलता मिल्ने अपेक्षा राखेको बताएका छन्। आइतबार धनगढीमा सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। 

उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउन समेत आह्वान गरेका छन्। यस्तै देउवाले देश अहिले गम्भीर मोडमा उभिएको बताए। देश चुनावपछि कता जाने ? भन्ने मोडमा रहेकोले संविधान, गणतन्त्रको रक्षाको लागि गठबन्धनलाई जिताउन जरुरी रहेको उनको दाबी छ। 


 

कमेन्ट लोड गर्नुस