सुदूर नेपाललाई विश्वसँग जोड्दै

गठबन्धनको सरकार बन्यो भने नियुक्तिमा सुदूरपश्चिमले धेरै भाग पाउछः देउवा

२०७९ कार्तिक ६, ०४:३५ खबर संवाददाता

धनगढीः प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी निर्वाचनमा सत्ता गठबन्धनको वर्चस्व हुने दाबी गरेका छन्। आइतबार धनगढी पुगेर सत्ता गठबन्धनको सुदूरपश्चिमस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनको पक्षमा मतदान गर्न आह्वान गरेका हुन्।

उनले भने, ‘सुदूरपश्चिमबाट एक क्षेत्रमात्रै जितेको म सबैको सहयोगले प्रधानमन्त्री बन्न पाएको छु। भोलिको राजनीतिमा गठबन्धनको वर्चस्व हुन्छ। गठबन्धनलाई जिताउन अनुरोध गर्दैछु।’ सुदूरपश्चिमबाटै सबैभन्दा धेरै गठबन्धनको पक्षमा भोट हाल्न उनले अपिल गरे।

‘गठबन्धन जित्न आवश्यक छ’, उनले भने, ‘भोलि गठबन्धनको सरकार बन्यो भने नियुक्ति हुन्छ। त्यसको लागि सुपले धेरै भाग पाउनसक्छ। त्यसैले जिताउन लाग्नुहोला।’

कमेन्ट लोड गर्नुस