सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘बिना ढेउवा के’ विदेश पठाउँछु भन्ने मान्छे म होइनः माधव नेपाल 

२०७९ कार्तिक ७, ०८:३४ खबर संवाददाता

धनगढी: नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ’फ्री भिसा, फ्री टिकट’ युवालाई विदेश पठाउने भनेर आफूले नबोलेको बताएका छन्। निर्वाचन आइयोगले सोधेको २४ घण्टे स्पष्टीकरणको लिखित जवाफ दिँदै उनले आफूले ‘बिना ढेउवा के विदेश जान पाइन्छ’ बोल्ने व्यक्ति आफू नभएको जिकिर गरेका हुन्। 

अध्यक्ष नेपालले त्यस्तो तल्लोस्तरको काम गर्ने मान्छे आफू नभएको बताउँदै त्यस किसिमको अभिव्यक्ति पनि नदिएको जिकिर गरेका हुन्। रौतहट क्षेत्र नम्बर १ मा भएको कार्यकर्ता भेलालाई सम्बोधनका क्रममा उनले आफूलाई भोट दिए ‘बिनापैसा फ्री टिकट र फ्री भिसा’ मा युवालाई विदेश पठाइदिने प्रलोभन बाँडेका थिए। उनले त्यसरी विदेश जान तयार युवालाई काठमाडौंमा सित्तै तालिम दिने पनि वचन दिएका थिए। 

उनले दिएको विवादित अभिव्यक्तिको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि निर्वाचन आयोगले उनलाई कात्तिक ३ मा स्पष्टीकरणसँगै कारवाही पनि अघि बढाएको थियो। एकैदिन आयोगले उनीसँग स्पष्टीकरण र कारवाहीका लागि रौतहट प्रहरीलाई पत्र पनि काटेको थियो। नेपालले जवाफमा त्यस किसिमको निच काम गर्ने मानिस आफू नभएको जिकिर गरेका हुन्। 

कमेन्ट लोड गर्नुस